पर्सामा १५ वर्षीया किशोरी बलात्कृत

पर्सा- पर्सामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोईरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
कोईरीले ती किशोरीलाई विवाह गर्छु भनी झुठ्ठा प्रलोभनमा पारी नयाँ–नयाँ स्थानमा घुमफिर गराउने वहानामा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पटक–पटक बलात्कार गरेको भन्ने जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका–१३ बाट पक्राउ गरको हो ।
उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

प्रतिक्रिया