रियल म्याड्रिडका प्रशिक्षक एन्सेलोटीमा कोभिड संक्रमण

काठमाडौं – स्पेनिस क्लब रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । क्लबले ६२ वर्षीय प्रशिक्षक एन्सेलोटीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।
कोरोना देखिएपछि एन्सेलोटीले ला लिगा अन्तर्गतको सेल्टा भिगोविरुद्ध शनिबार हुने खेल गुमाउन सक्ने बताइएको छ । उनले चेल्सीविरुद्ध अर्को हप्ता हुने च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलको पहिलो लेगको खेल समेत गुमाउन सक्ने छन् ।
म्याड्रिडका वेल्जीयन विंगर इडेन हाजार्डले पनि सेल्टा भिगो तथा चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् । लुका जोभिक तथा इस्कोले पनि ती खेलहरू गुमाउन सक्ने आशंका गरिएको छ ।

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

प्रतिक्रिया