मेक्सिको र अमेरिका विश्वकपमा छनोट
काठमाडौंँ – उत्तर अमेरिकी राष्ट्र मेक्सिको र अमेरिका फिफा विश्वकपका लागि छनोट भएका छन् । बिहीबार भएको छनोट अन्तर्गत मेक्सिकोले इएल साल्भाडोरलाई २–० ले पराजित गर्दै कतारमा हुने विश्वकपको लागि स्थान सुरक्षित गरेको हो ।
मेक्सिकोलाई विश्वकपमा पुर्याउन उरियल अन्टुना तथा राउल जिमेनेजले एक–एक गोल गरे । अन्टुनाले १७ औं मिनेटमा गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए भने जिमेनेजले ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मेक्सिकोको जित सुनिश्चित गरे । जितसँगै उत्तर अमेरिकी छनोट अन्तर्गत दोस्रो स्थानमा रहेको छ ।
यता अमेरिकाले भने कोस्टारिकाविरुद्ध २–० ले पराजित भएपछि विश्वकपमा स्थान सुरक्षित गर्न सफल भएको छ । कोस्टारिकाका लागि अगुइलेराले ५१ औं तथा एन्थनी कोन्टेरेरासले ५८ औं मिनेटमा गोल गरे । पराजित भएपछि अमेरिका उत्तर अमेरिकी छनोटको तेस्रो स्थानमा रहदै विश्वकपको यात्रा तय गरेको हो । छनोट अन्तर्गत क्यानाडा र मेक्सिकोले समान २८ अंक जोड्दा अमेरिकाले २५ अंक जोडेको छ । यता २५ अंक जोडेपनि कोस्टारिका गोल अन्तरका आधारमा अमेरिका भन्दा पछि परेको हो ।

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

प्रतिक्रिया