भोलि कांग्रेसको पदाधिकारी बैठक, पौडेल समूहले आजै गर्यो छलफल

काठमाडौँ : नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक तय भएको हो । सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आजै छलफल गरेको छ ।
‘अहिलेको राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो’ मुख्यसचिव पौडेलले इकागजसँग भने । उता वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा बसेको बैठकमा पौडेलसहित पार्टी महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पार्टी केन्द्रीय सदस्य रामशरण महत, मिनेन्द्र रिजाल सहभागी थिए । आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन तोकिए पनि पार्टीमा त्यसको विषयमा छलफल तयारी नभएको भन्दै छलफलमा जुटेको पौडेल पक्षले जनाएको छ ।
‘वर्तमान राजनीति घटनाक्रमको विषयमा इन्फर्मल छलफल भयो,’ रामशरण महतले इकागजसँग भने, ‘त्यस्तो खास त केही भएन अब कसरी अगाडि जान सकिन्छ भनेर हामी २÷४ जना छलफलमा जुटेका हौँ ।’पौडेल समूहले भोलि पदाधिकारी बैठक अघि पनि छलफल गर्ने तयारी गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया