नक्कली सेना सक्कली सेनाको नियन्त्रणमा परेपछि
पोखरा : आइतबार बेलुकाको साढे ५ हुँदै थियो । पोखरा महानगरापालिका-१४ मा निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानास्थलमा एक पुरुष प्रवेश गर्छन् । उनको उपस्थिति त्यहाँ रहेका सेनालाई शंकास्पद लाग्छ । सेना ती पुरुष भएको ठाउँमा पुग्छन् । ती पुरुष पनि सेनाकै कपडामा थिए ।
ती पुरुषसँग नेपाली सेनाको सहायक सेनानी दर्जाको दज्र्यानी चिह्नसहित चुस्ता, बुट, भगवती दल गण पोखराको परिचय पत्र र फ्लाइरोज लेखिएको वाकी टकी पनि थियो । तर पनि उनको गतिविधि शंकास्पद लागेपछि सेनाले उनलाई सोधपुछ गर्यो । तर उनी नक्कली पुष्टि भए । यसरी सक्कली सेनाकै अगाडि सेनाकै ‘टुल्स’मा हिँड्ने मुस्ताङ थासाङ-४ का १८ वर्षीय विपिन लगुन विक आइतबार पक्राउ परेका छन् । उनलाई लिखत सम्बन्धी कसूरमा ७ दिनको म्याद थपि अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया