म्याराडोनाको जर्सीको मूल्य ४ मिलियन युरो भन्दा बढी हुने अनुमान

काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार डिएगो म्याराडोनाले सन् १९८६ को फिफा विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्ध लगाएको जर्सीले लिलामीमा ४ मिलियन युरो भन्दा बढी प्राप्त गर्ने अनुमान गरिएको छ ।
इंग्ल्यान्डविरुद्धको क्वाटरफाइनल खेलमा म्याराडोनाले ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ द सेन्चुरी’ गोल गर्दा उक्त जर्सी लगाएका थिए । सो जर्सी अप्रिल २० देखि मे ४ तारिखसम्म अनलाइनमार्फत विक्री हुनेछ र लिलाम अवधिभर लन्डनको सोथेबीमा प्रदर्शनीमा राखिनेछ ।
म्याराडोनाको उक्त जर्सी अहिले इंग्ल्यान्डका पूर्व मिडफिल्डर स्टिभ होजसँग रहेको छ । अर्जेन्टीनाले इंग्ल्यान्डलाई २–० ले पराजित गरेपछि होज र म्याराडोनाले जर्सी आदानप्रदान गरेका थिए ।
होजले हावामा फ्लिक गरेको बललाई म्याराडोनाले ‘ह्यान्ड अफ गड’ गोल गरेका थिए ।

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

प्रतिक्रिया