घरेलु मैदानमा चेल्सी पराजित, बेन्जेमाको ह्याट्रिक

काठमाडौँ- युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वार्टरफाइनल खेलमा चेल्सी घरेलु मैदानमा रियल मड्रिडसँगै ३-१ अन्तरले पराजित भएको छ ।
भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे । इङ्लिस क्लब चेल्सीका काइ हाभार्टले सान्त्वना गोल गरे । बेन्जेमाले खेलको २१, २४ र ४६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । चेल्सीका काइले खेलको ४०औं मिनेटमा सान्त्वना गोल गरे ।
जितपछि रियलले सेमिफाइनल सम्भावना बढाएको छ । अब दोस्रो लेग रियलको घरेलु मैदानमा १३ अप्रिलमा हुनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया