शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

एयरपोर्टमा राष्ट्रपति भण्डारीको ६ तस्बिर

काठमाडौँ : राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश प्रस्थान गरेकी छिन् । नेपाल वायु सेवा निगमको विमानमार्फत राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बंगलादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन् । 

बिहान ८ बजेर ३७ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति भण्डारीको टोली ढाका प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ । भ्रमणका क्रममा विभिन्‍न समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

दुई दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बंगलादेशमा रहेका नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा पनि सहभागि हुनेछिन् ।

तस्बिरहरू :रासस