कांग्रेसको चुनावी अभियानमा कार्यकर्तालाई कडा निर्देशन

काठमाडौँ : नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान २०७८ सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित सो अभियानको कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले उद्घाटन गरे ।
उपसभापति सिंहले संविधान जारी र त्यसको कार्यान्वयन, भौतिक पूर्वाधारको विकासलगायत कांग्रेसले गरेका कामलाई जनतामा पु¥याउँदै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए । उनले भने, “यसअघिको दुईतिहाइको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेको छैन, त्यस विषयलाई जनतालाई बुझाउँदै अब कांग्रेसको पक्षमा मत सिर्जना गर्नुपर्छ ।”
उनले स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा गठबन्धन हुने प्रस्ट पारे । कांग्रेसका नेता डा प्रकाशशरण महतले शान्ति प्रक्रियामा कांग्रेसले खेलेको भूमिका, भ्रष्टाचार अन्त्य, कोरोना खोपको सुलभ उपलब्धतालगायत कांग्रेसले देश निर्माणमा खेलेको भूमिका जनतालाई बुझाउनुपर्ने बताए ।
उनले पार्टीभित्र भएका गुटउपगुट र असन्तुष्टिलाई त्यागेर व्यक्तिवादीभन्दा पनि संस्थागतरूपमा निर्वाचनमा लाग्न अपिल गरे । पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आर्थिक, सामाजिक, शैक्षिकलगायत सबै क्षेत्रको विकाससँगै विकसित मुलुकको रूपमा देशलाई अगाडि बढाउनका निम्ति पनि आगामी निर्वाचनमा कांग्रेसले जित्नुपर्नेमा जोड दिए ।
नेता भीमसेनदास प्रधानले स्थानीय तहको निर्वाचनमा पार्टीभित्र जुन व्यक्तिले टिकट पाए पनि सहयोग गर्दै सिङ्गो पार्टीलाई जिताउने गरी अगाडि बढ्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया