अटेरी उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र [पूर्ण पाठ]

पोखरा - पोखराबाट सुरु भएको अटेरी अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनमा मेयरदेखि वडाध्यक्षसम्मले आफ्नो दाबी पेस गरेका छन् । उनीहरूले शनिबार पोखराको घोषणापत्र सार्वजनिक गरे । ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’ नाराका साथ आउँदो ५ वर्षमा गर्ने कामसहितको अग्रिम घोषणा गरिएको हो ।
पोखरामा मेयरसहित १५ जनाले वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । यसबाहेक देशका विभिन्न पालिकाहरूमा पनि उम्मेदवारी दिने तयारीमा छन् । घोषणापत्र सार्वजनिक गरेपछि पोखराको मेयरमा उम्मेदवारी घोषणा गरेका गनेश पौडेलले दलका विचार बाहिरबाट पनि राजनीति गर्न सकिने बताए ।
‘जसरी धार्मिक नभई आध्यात्मिक हुन सक्नु हुन्छ । त्यसरी नै राजनीतिक दर्शनविना राजनीति गर्न सकिन्छ,’ उनले भने, ‘हामीले पनि केही खास गरेको होइन । अटेर गरेको हो ।’ उनले चुनावी प्रचारका लागि जनस्तरमा पुग्दा आफूहरूले गाली खानुपरेको सुनाए ।
‘हाम्रो साथीहरूले अस्वाभाविक र अनावश्यक रूपमा जनताको गाली खाइरहेका छन् । ५ वर्षसम्म बाटोको खाल्डो नदेख्ने, अस्पतालको बिजोग नदेख्ने, बिग्रिएको स्कुल नदेख्ने, अहिले भोट माग्न आउने भनेर गाली गर्नुभएको छ,’ उनले भने, ‘जनताको नजरमा चुनावमा उठ्ने हरेक व्यक्ति खराब भइसके । गल्ती एउटाले गरेको छ, सजाएँ अर्कोले भोग्नुपरेको छ । तर यो पटक जनताले गल्ती गर्ने छुट्याउने छन् ।’
यस्तो छ पोखरा लक्ष्य २०७९

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया