प्रधानमन्त्री ओलीसँग भेट्न सभामुख सापकोटाले मागे समय

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट वार्ताका लागि समय मागेका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भेटमा संसद् सञ्चालनबारे छलफल गर्न सभामुख सापकोटाले भेट वार्ताका लागि समय मागेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न पुगेका बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाको भेट भएको थियो ।
सापकोटाले आफूले प्रधानमन्त्रीसँग संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र सरकारले ल्याएका बिजनेस अगाडि बढाउनेबारे छलफल गर्न प्रधानमन्त्री ओलीसँग समय मागेको पत्रकारहरूसँग बताए । समय पाउने अपक्षा आफूले राखेको सापकोटाले पत्रकारहरूसँग बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा बदर गरिदिएको थियो । त्यसपछि सापकोटाको ओलीसँग औपचारिक भेट भएको छैन ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया