नेपाली खाना र स्वादलाई विश्वव्यापी बनाउन मन्त्री आलेको आग्रह
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली खानाको स्वाद विश्वव्यापीकरण गर्नमा सेफहरुको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
नेपाल पर्यटन तथा होटेल व्यवस्थापन एकेडेमी (नाथुम) ले आज आयोजना गरेको ‘बीबीसी माष्टर सेफ रिम्याच’ प्रतियोगिता २०२१ का अन्तिम चार प्रतिस्पर्धीको स्वागत तथा अभिनन्दन कार्यक्रममा उनले कोभिडका कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि नाथुमका सेफहरुले बनाएका नेपाली खानाको स्वादलाई विश्वव्यापीकरण गर्न जरुरी भएको बताए ।
उनले भने, `कोभिडका कारण हाम्रो उद्योग पर्यटन क्षेत्र निकै धरासायी बनेको छ, अब ती क्षेत्रलाई माथि उकास्नका लागि हाम्रा कला संस्कृतिहरुको प्रचारप्रसार तथा हाम्रा नाथुमका सेफहरुले बनाउने खानाका स्वादलाई विश्वव्यापीरूपमा फैलाउनु पर्यो ।`
यसैगरी मन्त्री आलेले बेलायत ब्रोडकास्टिङका मास्टर सेफको अन्तिम चार प्रतिस्प्रर्धीलाई आज नाथुमको कार्यालयमा स्वागत गर्न पाउँदा निकै खुसी भएकोसमेत बताए ।
यसैगरी मास्टर सेफका प्रतिस्पर्धीहरु नाथुमका कार्यालयमा आउनु भनेको यहाँ अध्यन गर्ने नयाँ तथा युवा पुस्तालाई भविष्य निर्धाणरमा उत्प्रेरित गर्ने आफूले विश्वास लिएकोसमेत मन्त्री आलेले बताए ।
बीबीसी माष्टर सेफ रिम्याच प्रतियोगिता २०२१ का अन्तिम फाइनलिस्ट हुनेमा सन्तोष शाह, श्री एलेक्स वेब, श्री बार्ट भान डरली, सुश्री फिली आर्मिटेज (माटिन) रहेको नाथुमका प्रमुख राजेश उप्रेतीले जानकरी दिए । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया