सेवामूलक उद्योगबाट बाहिरियो ई-कमर्श
उद्योग मन्त्रालय भन्छ - वाणिज्यको क्षेत्राधिकार जुध्यो

काठमाडौं : सरकारले विद्युतीय व्यापार (ई-कमर्श)लाई सेवामूलक उद्योगको सूचीबाट हटाएको छ । वाणिज्य विभागको क्षेत्राधिकारमा पर्ने भएकाले ई-कमर्शलाई सूचीबाट हटाएको हो ।
उद्योग मन्त्रालयका अनुसार व्यापारसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयहरूलाई उद्योगको सूचीबाट हटाइएको छ । वाणिज्य मन्त्रालयले ई-कमर्शको नियमनका लागि छुट्टै विधेयक नै मस्यौदा गरिरहेको छ ।
विद्युतीय माध्यमको प्रयोग गरी सर्वसाधारणलाई सेवा दिने जुनसुकै व्यवसाय अब उद्योग मन्त्रालयको क्षेत्राधिकारबाट बाहिरिएको छ । ई-कमर्शबाहेक थोक तथा खुद्रा व्यापारलाई समेत हटाएको छ । त्यसबाहेक फुड कोर्ट, क्याटरिङ र घुम्ती स्टल समेत यस्तो सूचीबाट हटेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया