बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

कप्तान किरण तत्काल बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौँ – कप्तान किरण चेम्जोङ शुक्रबारबाट सुरु भएको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा तत्काल उपस्थित नहुने भएका छन् । एएफसी एसिया कप छनोटको तेस्रो चरणका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शुक्रबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बन्द प्रशिक्षण सुरु गरेका हुन् ।

बन्द प्रशिक्षणमा २५ जना बोलाइएको छ । तर बन्द प्रशिक्षणको पहिलो दिन २३ खेलाडीको उपस्थिति रहेको थियो । कप्तान चेम्जोङ भने माल्दिभ्समा लिग खेलिरहेका कारण बन्द प्रशिक्षणमा तत्काल सहभागी हुने छैनन् । त्यस्तै देवेन्द्र तामाङ पनि करिब एक साता बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । पारिवारिक कारण उनी अनुपस्थित हुने भएका हुन् । 

अखिल नेपाल फुटबल संघ (एन्फ)ले जनाए अनुसार चेम्जोङ तत्काल नेपाल नआउने तथा उनी कतारमा हुने प्रशिक्षणमा सहभागी हुनेछन् । चेम्जोङ माल्दिभ्सको धिभेही प्रिमियर लिगमा माजिया स्पोर्टस एन्ड रिक्रियसन क्लबका लागि खेलिरहेका छन् ।

लिग मार्च १६ तारिखबाट सुरु भएको छ । यसैबीच नेपालले मैत्रीपूर्ण फुटबल खेल्ने तयारी गरिरहेको छ । नेपालले अफगानिस्तान, यमन र कुवेतसँग मैत्रीपूर्ण फुटबलका लागि छलफल गरिरहेको एन्फाले जनाएको छ ।

छनोटको समूह ए मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतामा हुनेछन् ।

नेपाली टोलीः

गोलकिपरः किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ रक्षकस् अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी, मिडफिल्डरः आयुष घलान, मनिष डांगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई स्ट्राइकरः विमल घर्तिमगर, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ