माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ : पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बस्दैछ । मंगलबार आठ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा समेत छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।
स्थायी कमिटी सदस्य पम्फा भुसालका अनुसार माओवादी केन्द्रको आगामी योजनाका विषयमा बैठकमा छलफल हुनेछ । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युतिएपछि माओवादी पनि सत्तासीन छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन पहिला समर्थन फिर्ता लिनुपर्ने आवाज पार्टीभित्रैबाट उठिरहेको छ ।

संसदीय समितिले सुनचाँदी व्यवसायीसँग छलफल गर्ने

आजबाट जसपाको संघीय परिषद् बैठक
प्रतिनिधिसभाको बैठक बस्दै, सांसदको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिने
रास्वपाले संसदमा झनै भिजिट भिसा प्रकरणमा आन्दोलन चर्काउने

तीन दलका शीर्ष नेताको बैठक बस्दै

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

प्रतिक्रिया