धावनमार्गमा बजारिएर बिग्रिएको वाइडबडी जहाज मर्मत गर्दै निगम

काठमाडौं : नेपाल वायु सेवा निगमले धावनमार्गमा बजारिएर बिग्रिएको वाइडबडी जहाजको मर्मत गर्ने भएको छ । निगमले मर्मत तथा नयाँ पार्ट्सका लागि बोलपत्र आह्वान गरेको हो ।
सँगसँगै नयाँ ल्यान्डिङ गियर खरिद गर्नका लागि छुट्टै प्रक्रिया अघि बढाएको वायु सेवा निगमले जानकारी दिएको छ ।
गत पुस २४ मा नेपाल वायु सेवा निगमको जहाज ‘हार्ड ल्यान्डिङ’ गराउँदा दुईवटा ल्यान्डिङ गियरमा गम्भीर समस्या आएको भन्दै जहाज निर्माता कम्पनी एयरबसले निगमलाई पत्राचार गरेको थियो । पत्रमा जहाजका मुख्य दुईवटा ल्यान्डिङ गियरमा समस्या देखिएकाले तत्काल मर्मत गर्न वा नयाँ परिवर्तन गर्न आग्रह गरिएको छ । ल्यान्डिङ गेयर जहाजको पांग्रादेखि इन्जिनसम्मको भाग हो । निगमले ल्यान्डिङ गियर नै परिवर्तन गर्ने भएको छ ।
नेपाल वायु सेवा निगमले धावनमार्गमा हवाइजहाज बजारिएर अवतरण गरेको (हार्ड ल्यान्डिङ) बारे जानकारी नगराउने पाइलटहरूलाई कारबाही गरेको थियो । २२ पुसमा दोहाबाट काठमाडौँ आएको आर ए २४० नम्बरको उडान काठमाडौँमा अवतरण गर्ने क्रममा 'हार्ड ल्यान्डिङ' भएको थियो । तर यो विषय करिब एक महिनापछि (२७ माघ) निगमले मात्रै फ्लाइट डाटा एनलाइसिस मार्फत पत्ता लागेको थियो ।
निगमले निगमका अनुसार सो जहाज क्याप्टेन सुनील श्रेष्ठ र महेशमान डंगोलले उडाएका थिए । उनीहरूलाई नियमित उडानमा रोक लगाएको थियो । निगमले यो घटनामा संलग्न पाइलटहरूलाई गत बुधबारदेखि नियमित उडानमा रोक लगाइसकेको छ । उनीहरूले 'म्यान्डेटरी अकरेन्स रिपोर्ट' मार्फत जानकारी गराउनुपर्नेमा त्यसो नगरेको निगमले स्पष्ट पारेको छ । समयमा जानकारी नगराएपछि उनीहरूलाई कारबाही गरेको निगमले बताएको छ ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_90I2AM2bI7_p3c6o8dedua2nmxwjyjt1nt1mlachwmahwde8yt73zu46eiinrxpngjgobbb.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

प्रतिक्रिया