बालुवाटार पुगेका जसपाका नेतालाई प्रधानमन्त्री ओलीले के भने ?

काठमाडौँ : विगतमा भएका सहमति र सत्ता सहकार्यका विषयमा जनता समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् । मंगलबार बालुवाटार पुगेका जसपाका नेताहरुले प्रधानमन्त्री ओलीसँग विगतमा भएका सहमति कार्यान्वयन तथा आगामी सत्ता सहकार्यका विषयमा छलफल गरेका हुन् ।
छलफलका क्रममा जसपाका नेताहरुले बन्दी रिहाई, नागरिकता र संविधान संशोधनका विषयमा यसअघि भएका सहमति कार्यान्वयन गर्न माग गरेका थिए । बन्दी रिहाईका विषयमा सांसद समेत रहेका टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई रिहाई गर्नुपर्ने जसपाका नेताहरुको माग थियो ।
जवाफमा प्रधानमन्त्री ओलीले ‘सरकारमा आउनुस, सहमति कार्यान्वयन गरौँला’ भनेर बताएको जसपाका नेता लक्ष्मणलाल कर्णले इकागजलाई बताए । उनका अनुसार ओलीले उधारो सहमति गर्ने भएपनि अब काम हेरेपछि सत्ता समीकरणका विषयमा थप अगाडि बढेर कुरा गर्न सकिने जसपाका नेताहरुले बताएका थिए ।
अहिलेको अवस्थामा काम गर्ने र आफूसँग भएका सहमति कार्यान्वयन गर्ने पार्टीसँग मात्रै सत्ता सहकार्य हुने नेता कर्णले बताए । प्रधानमन्त्री ओलीलाई भेट्न उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण लगायतका नेताहरु बालुवाटार पुगेका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया