बार्सिलोना घरेलु मैदानमै स्तब्ध

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आफ्नै घरेलु मैदानमा रेलिगेसनको दबाव झेलिरहेको काडिजविरुद्ध पराजित भएको छ । सोमबार राति भएको खेलमा काडिजले बार्सिलोनालाई १–० ले पराजित गर्यो ।
काडिजको जितमा लुकास पेरेजले गरेको एकमात्र गोल पर्याप्त भयो । पेरेजले खेलको ४८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । ला लिग अन्तर्गत बार्सिलोनाले डिसेम्बर ४ पछि पहिलो खेलमा पराजय भोगेको हो । यस अघि ऊ १५ खेलमा अपराजित रहेको थियो ।
पराजयसँगै बार्सिलोनालाई उपाधि होडमा धक्का लागेको छ । बार्सिलोनाले ३१ खेलबाट ६० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । यता शीर्ष स्थानको रियल म्याड्रिडले ३२ खेलबाट ७५ अंक जोड्दा उसले बार्सिलोनासँगको दुरी १५ अंकमा पुर्याएको छ ।

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

प्रतिक्रिया