मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

एमाले प्रवेश गरे उद्योगपति अग्रवाल

काठमाडौं : उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आयेजित एक कार्यक्रममा  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गरे । प्रधानमन्त्रीले स्वागत पछि पार्टीमा अग्रवालबाट राम्रो भुमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गरे  । 

भैरहवा निवासी ४९ वर्षिय अग्रवाल अर्गाखाँची सिमेन्ट र श्री स्टिल प्रालीको महाप्रबन्धक हुन् । अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन् । उनले आफू यसअघि कुनै राजनीतिक दलसँग आवद्ध नभएको दाबी गरे । ‘प्रधानमन्त्रीको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ’, उनले भने ।