युभेन्ट्स फाइनलमा

काठमाडौँ- योरेन्टिनालाई समग्रमा ३-० अन्तरले पराजित गर्दै युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा २-० तथा पहिलो लेगमा १-० अन्तरले जित निकाल्दै युभेन्ट्सले फाइनलमा इन्टर मिलानसंगको भेट पक्का गरेको हो ।
इन्टर मिलानले एसी मिलानलाई ३-० अन्तरले पराजित गर्दै अगिल्लो रात फाइनल प्रवेश गरेको थियो । फाइनल ११ मेमा हुनेछ ।
बुधबार राति घरेलु मैदान एलिएन्ज एरिनामा युभेन्ट्सलाई जिताउन फेडरिको बर्नरडेस्ची र डानिलोले गोल गरे । खेलको दुबै हाफमा समान एक गोल भएको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया