बार्सिलोनाले रियल सोसिडाडलाई हरायो
काठमाडौँ- रियल सोसिडाडलाई १-० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
बिहीबार राति भ्रमणकारी टोली बार्सिलोनालाई जिताउन निर्णायक गोल पियरेक इम्रीक औबामेयाङकले गरे । उनले खेलको ११औँ मिनेटमा फेरान टोरेसको पास सदूपयोग गरे ।
इंग्लिस क्लब आर्सनलबाट बार्सिलोना झरेका औबामेयाङकको ११ खेलमा नौ गोल हो । जितपछि बार्सिलोना ६३ अंकसहित सेभियालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । रियल सोसिडाड तालिकाको छैटौं स्थानमा छ । शीर्ष स्थानमा रियल मड्रिड रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया