जनकपुर उपमहानगरपालिका जसपाको भागमा परेपछि कांग्रेसमा असन्तुष्टि

काठमाडौँ- पाँच दलीय गठबन्धनबीच तालमेलको क्रममा भागबण्डा गर्दा जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा)लाई परेपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । असन्तुष्टमध्येका जनकपुर उपमहानगरपालिका कांग्रेस सभापति मनाेजकुमार साहले पदबाट राजीनामा दिएका छन् ।
उनले उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा पनि गरे । उनले न्युज कारखानासँग भने , `पार्टीले गठबन्धनका दलहरूबीच तालमेलको नाममा भागबण्डा गर्दा जसपालाई मेयर दिनेगरि जुन निर्णय गर्यो सरासर गलत छ । र, पार्टी नेतृत्वलाई बारम्बार ध्यानाकर्षण गराउँदा सम्बोधन नभएपछि पार्टी जिल्लाको निर्णयअनुसार स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेको हुँ ।´ पार्टीको गलत निर्णयलाई समर्थन गर्न नसक्ने भएरै पदबाट राजीनामा दिएको स्पष्ट पारे । उनले ३० वैशाखमा हुने निर्वाचनबाट विजयी हुने दाबी पनि गरे ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया