पक्की घर पाउँदा ३४ घर सुकुम्बासी मख्ख

विराटनगर : मोरङको ग्रामथान गाउँपालिका-७ नयाँबस्तीका सुकुम्बासीहरूले जस्तापाता लगाएको नयाँ पक्की घर पाएपछि खुसीयाली छाएको छ । सुनसरी मोरङ सिचाईं आयोजना अन्तरगत नहरको ढिलमा बसेका ग्रामथानका ३४ जना सुकुमबासीहरूको घर सरकारले बनाइदिएपछि खुसीयाली छाएको हो ।
संघीय सरकारको तराई मधेस समृद्धि कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको जनता आवासमा आधारभूत आवश्यकताको प्रबन्ध नमिलाई शुक्रबार हस्तान्तरण गरिएको हो ।
राज्यको कोषबाट नागरिकका लागि निर्मित घरहरुमा आधारभूत आवश्यकता र अतिआवश्यकीय प्रवन्ध बिना नै हस्तान्तरणका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रमुख अथितिको रुपमा कार्यक्रममा पुगेका थिए । मोरङ क्षेत्र नम्बर ४ अन्तर्गतका संघीय सांसद अमनलाल मोदीको निम्तामा मुख्यमन्त्रीसँगै आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वाससहितको उपस्थिति रहेको थियो । ग्रामथान गाउँपालिकाले आफ्ना नागरिकका लागि निर्माण गरेको आवास हस्तान्तरणका लागि औपचारिक कार्यक्रमको आयोजना गरेको हो ।
तर, कार्यक्रम गरेर मुख्यमन्त्रीले नागरिकलाई हस्तान्तरण गरेका घरमा शौचालय भएर पनि जडान नगरिएको, पानीको स्रोतको यकिन नै नभएको र बिजुलीको समेत सुविधा छैन । एकिकृत नमूना बस्तीका लागि तराई मधेस समृद्धि कार्यक्रमको ६७ लाख ९ हजार १९६ रुपैयाँ स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १ करोड १९ लाख ८६ हजार र ग्रामथान गाउँपालिकाको १ करोड १७ लाख ४५ हजार लागत साझेदारी रहेको गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर भएर घर बनाउन नसकी अस्थायी संरचनामा कष्टकर जीवन गुजार्दै आएकी ग्रामथान गाउँपालिका ७ की प्रमिला चौधरीले अब टहरामा गर्मीमा मछेट, वर्षामा पानी चुहेर हिलाम्मे र जाडोको चिसो सिरेटो खानु नपर्ने भन्दै खुसी भइन् । ‘अस्थाही टहरमा धरै कष्टकर तरिकाले जीवन यापन गर्नु परेको थियो,’ बिगतमा पाएको दुःख सुनाउँदै पक्की घरमा बसेकी चौधरीले भनिन्, ‘बर्खामा हुने डुवान र जाडोमा हुने सीतलहरको समस्याबाट अन्त्य भएको छ ।’
अस्थायी संरचनामा वृद्धवृद्धा र बालबालिकालाई चिसोबाट जोगाउन निकै समस्या हुने गरेको थियो । यहाँका सुकुम्बासीहरूको बसोबासको टुंगो लागेपछि दैनिक जीवनयापन गुजार्न सहज भएको उनीहरुको भनाई छ । ‘सरकारले पक्की घर बनाइदियो,’ सन्तोष कुमार चौधरीले भने, ‘अब जीवनयापनमा सहज हुने भयो ।’
पक्की घर बनेपछि वर्षामा धेरै राहत मिलेको छ । ‘खाना पकाउने अन्न र दाउरासमेत जोगाउन सकिएको थिएन,’ उनले भने, ‘अहिले ठूलो घरमा बस्न पाइयो । जस्ताको छानोमुनि स्वर्ग पाएजस्तो भएको छ ।’ उनीहरूले घर भित्र शौचालय बनेको छ ।
यहाँका सुकुम्बासीहरूलाई छोराछोरी हुर्काउन र बिहान-लुकीको छाक टार्न निकै गाह्रो थियो । ‘पेटको आगो निभाउँदै ठिक्क थियो, चुहिएको छानो कहाँबाट छाउन सक्नु,’ नयाँ घर पाएकी मन्जु कुमारी सरदारले भनिन्, ‘अहिले पक्की घर, जस्ताको छानो सपनाजस्तो लागिरहेको छ ।’ मुन्टो लुकाउने थलो दरिलो भएपछि गरिखाने आत्मविश्वास नै बेग्लै भएको उनले हर्षिक मुद्रामा बताइन् ।
नयाँ पक्की घर पाएका ग्रामथान गाउँपालिका ७ नमुना बस्तीका सुकुमबासीहरूले खानेपानी, बिजुली बत्ती चाँडो ल्यादिन तीन तहको सरकारसँग आग्रह गरेका छन् । नयाँ घर निर्माण भइसकेकोले चाँडै बिजुली वत्ती र खानेपानी पनि संचालनमा ल्याइदिन उनीहरूले माग गरेका हुन् । स्थानिय प्रमिला चौधरीले सरकारले घर निर्माण गरि हस्तान्तरण गरिदिइ सकेकोले खानेपानी र बिजुली बत्ती पनि चाँडो बनाइदिन सरकारसँग आग्रह गरेकी छिन् ।
‘नयाँ घर त हामीले पाइम,’ उनले भनिन्, ‘बिजुली बत्ती र खानेपानी अहिलेसम्म आइपुगेको छैन् । अहिले सोलरले उज्यालो काम चलाएका छौं ।’ उनले बिजुली आए अन्य कुनै आयआर्जनको काम गरेर स्वरोज बन्न सकिने बताइन् ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया