एकै वडाका एक पदमा कांग्रेसका एकभन्दा बढी उम्मेदवार

मकवानपुर - सत्तारूढ गठबन्धनमा चित्त बुझाउन नसकेको नेपाली कांग्रेसले एकै वडामा एकै पदमा एकभन्दा बढी उम्मेदवार खडा गरेको छ ।
एकातिर गठबन्धनमा गरेको सहमतिमा विवाद भएपछि पार्टीमा तिक्तता बढेको छ भने, र्कोतिर नेताहरूबीच शक्ति देखाउने होड चलेको छ । यो विवाद र तिक्तता उम्मेदवारी दर्तामा छरपस्ट भएको छ ।
पार्टी सभापति बुद्ध लामा र संघीय सभापति दामोदर खनालबीचको विवादका कारण एकै वडामा एकै पदमा एकभन्दा बढी उम्मेदवार खडा गराएर नेताहरूले आफ्नो हैसियत देखाउने प्रयत्न गरेका हुन् । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर –२, १० र १९ नम्बरमा दुई/दुई जनालाई वडा अध्यक्षको टिकट दिएपछि यस्तो उम्मेदवार आफै समस्यामा परेका छन् ।
हेटौंडा–२ मा विष्णुगोपाल महर्जन र रविन्द्र घिमिरेलाई कांग्रेसले टिकट दिएको थियो । महर्जनले एक्लै सुटुक्क उम्मेदवारी दर्ता गराएका थिए । घिमिरेले भने यसविषयमा छानबिन हुनुपर्ने माग गर्दै पत्रकार सम्मेलन नै गरेका छन् । ‘पार्टीले टिकट दिने उम्मेदवारी दिन नपाउने यो कस्तो विडम्बना हो । पार्टीले छानबिन गर्नुपर्छ । गलत गर्नेलाई हदैसम्मको कारबाही होस्,’, घिमिरेले भने । यही वडामा नेपाली कांग्रेस कै सुदीप राजवाहकले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
हेटौंडा–१० मा युवराज लामा र रमेशध्वज कार्कीलाई टिकट दिएपछि विवाद सिर्जना भएको थियो । कार्कीले उम्मेदवारी दर्ता गराउँदा लामा भने गठबन्धनको बैठकमा नाराबाजी गर्दै उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ आउँदै थिए । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउन खोज्दा नमिल्ने भएपछि उनी चुपचाप फर्किन बाध्य भए ।
हेटौंडा–१९ मा पार्टी सभापतिले शालिकराम अधिकारीलाई टिकट दिए पनि रामकुमार थापाले आधिकारिक पत्रभन्दै उम्मेदवारी दर्ता गराएका थिए । अधिकारीले निर्वाचन अधिकृतको कार्यालय पुग्दा थापा दलबलसहित वडामा भोट माग्न थालिसकेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया