भारतले किन रोक्दैछ कोेभिड भ्याक्सिनको निर्यात ?

काठमाडौँ : कोभिड-१९ को संक्रमण बढ्दै गएपछि भारतले भ्याक्सिन निर्यातलाई रोक्ने तयारी गरेको छ । भारतमा खोप लगाउनेको संख्या बढ्नुका साथै कोभिड-१९ को लहर बढेर जोखिम फैलिएपछि भारतले भ्याक्सिन निर्यात रोकेर आफ्नै देशमा लगाउने तयारी गरेको हो ।
अप्रिल १ देखि ४५ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउने तयारी गरेको भारतले कोभिड-१९ को दोस्रो लहर रोक्न पनि भ्याक्सिन बढाउने योजना बनाएको छ । साथै निर्यातका लागि यसअघि नै माग गरिएका देशमा पनि भ्याक्सिन पठाउन ढिला हुने उसको भनाई छ ।
अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिशिल्ड खोप भारतको सेरम कम्पनीले उत्पादन गरेको थियो । जसको प्रयोग र प्रभावकारिता बढ्दो छ । नेपालमा समेत आयात गरेर यो भ्याक्सिन प्रयोग गरिएको थियो । तर अब भारतले नेपालले यसअघि नै खरिद गरेर ल्याउने भनेको खोपबारे औपचारिक रुपमा केही बताएको छैन् ।
भारतबाट यसअघि १० लाख डोज खोप अनुदामा ल्याइएको थियो । त्यसपछि १० लाख डोज खरिद गरिएको खोप ल्याइसकिएको छ भने थप १० लाख डोज खोप ल्याउन बाँकी छ ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया