एकीकृत समाजवादी छाडेको भोलिपल्टै एमालेमा फर्किए पोखरेल

मकवानपुर- नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्ष पद त्यागेर पार्टी छोडेको घोषणा गरेको भोलीपल्ट श्रीधर पोखरेल एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले ८ महिनाअघि नेकपा एकीकृत समाजवादीमा गएका थिए । हेटौंडा उपमहानगरपालिकाको मेयर पद नपाएपछि समाजवादी छाडेका उनी पार्टी छोडेको भोलिपल्टै काठमाडौँ पुगेर अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाउँदै एमाले प्रवेश गरेका हुन् ।
पोखरेललाई नेकपा एमालेका ओलीले काठमाण्डौँमा भएको एक कार्यक्रममा एमालेमा स्वागत गरेका थिए । पोखरेलले बुधबार मात्र नेकपा एकिकृत समाजवादीको अध्यक्ष पद परित्याग गरेका थिए । समाजवादीमा व्यक्तिवाद हाबी भएको, समाजवादीलाई प्रालि बनाइएको भन्दै पोखरेलसहितका नेताहरूले पार्टी परित्याग गरेका थिए ।
उनले अब एमालेको नीति र विधिमा रहने प्रतिवद्धता व्यक्त गरेका छन् । उनी ८ महिनापछि भएपनि आफ्नो घरमा फर्केको भन्दै अध्यक्ष ओलीले उनको प्रशंसा गरेका थिए ।

तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

खहरे पुलमा सवारी दुर्घटना : ७ जनाको मृत्यु, १८ घाइते

बिपी राजमार्गमा आजदेखि राति यातायात सञ्चालन रोक

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत

प्रतिक्रिया