गठबन्धनको निर्णयपछि मोहन बस्नेतदेखि जगन्नाथ पौडेलसम्मलाई अटेर गरे कारबाही होला ?

काठमाडौँ– सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले महानगर र उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन विपरितका उम्मेदवारी फिर्ता गराउन पहल गर्ने निर्णय गरेको छ । त्यस्तै, विभिन्न दलका उम्मेदवारले स्वतन्त्र ढंगले उम्मेदवारी दिएको भएपनि फिर्ता गराउने निर्णय भएको छ
यसका अतिरिक्त, स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन बाहिर भएका सबै तालमेल खारेज गर्ने र खारेज नगरे सम्बन्धित दलले आफ्ना प्रतिनिधिलाई कारबाही गर्ने निर्णय भएको छ ।
अहिले भरतपुर महानगरमा स्वतन्त्र उम्मेदवार बनेका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउने प्रयास भैरहेको छ । उम्मेदवारी फिर्ता गराउन निर्वाचन आचारसंहित विपरित गृहमन्त्री बालकृष्ण खाँड र राज्यमन्त्री उमेश श्रेष्ठले पहल गरिरहेका छन् । यसमा निर्वाचन आयोगको ध्यानाकर्षणलाई पनि उनीहरूले पर्वाह नगरेको अयोगका एक अधिकारीले बताए ।
भारतपुरमा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहालले उम्मेदवारी दिएको ठाउँमा कांग्रेसका पुराना नेता बागी उम्मेदवार बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाका लागि समेत टाउको दुखाई बनेको छ ।
त्यस्तै, कांग्रेस नेता मोहन बस्नेत सिन्धुपाल्चोकमा गठबन्धन गर्न बाधक बने । १२ पालिका रहेको सिन्धुपाल्चोकमा बस्नेतले ८ पालिकामा प्रमुख दिए मात्र तालमेल गर्ने बताएपछि सत्ता गठबन्धनका अन्य दल चिडिँए । २०७४ सालको स्थानीय तह चुनावमा ३ पालिका जितेको थियो । माओवादी र समाजवादीले ६ पालिकासम्म दिन मिल्ने बताएपछि गठबन्धन हुन सकेन । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा माओवादीले एमालेसँग चुनावी तालमेल गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया