वीरेन्द्रनगरमा नगरप्रमुखसहित २५ जनाको उम्मेदवारी फिर्ता

सुर्खेत - वीरेन्द्रनगर नगरपालिकामा नगरप्रमुखसहित २५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगरप्रमुख पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका राजेन्द्रदेव गिरी, स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका चिन्तामणी शर्मा पौडेलले नाम फिर्ता लिएका छन् । कांग्रेस र माओवादीकेन्द्रबीच भएको चुनावी तालमेल अनुसार गिरीले उम्मेदवारी फिर्ता लिएका हुन् भने नेकपा एमालेविरुद्धमा शर्माले बागी उम्मेदवार दिएका थिए ।
नगरप्रमुखमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका राजेन्द्रदेव गिरी, सिद्धबहादुर खड्का र फष्टबहादुर हमालले पनि उम्मेदवारी फिर्ता लिएका छन् । नगर उपप्रमुखप पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएकी रामकुमारी थापा र दिपेन्द्र ढकालले उम्मेदवारी फिर्ता लिएका छन् ।
यसैगरि वीरेन्द्रनगर १६ बाट वडा अध्यक्षमा उम्मेदवार बनेका ईश्वरी प्रसाद सापकोटा सदस्यहरु दिपेन्द्र राना गोपीलाल ढकाल, भगवानप्रसाद जैशी , शेरबहादुर सिंह, कल्पना शाही, ओमप्रसाद शर्मा, विनोदकुमार सापकोटा, गणेश कुमार गोदार, भक्तबहादुर आलेले उम्मेदवार फिर्ता गरेका छन् ।
यसैगरी वडा नम्वर नौका वडा अध्यक्षका उम्मेदवार बखतबहादुर शाही, वडा नम्वर चारका भक्तबहादुर थापा, वडा तीनका अध्यक्षका उम्मेदवार प्रकाश अधिकारीले पनि उम्मेदवार फिर्ता लिएक छन् । यस्तै वडा नम्वर दुईका वडा अध्यक्षहरु रामबहादुर गौतम र प्रेमबहादुर बयलकोटीले पनि उम्मेदवारी फिर्ता गरेका छन् ।
सदस्यहरूमा झुपलाल चपाई, नेत्रमणी शर्मा, रमेश कुमार पौडेल, सागर कुमार थानीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया