भ्रष्टाचार गर्नेलाई राप्रपामा कुनै स्थान छैनः अध्यक्ष लिङ्देन

तनहुँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड दिएका छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।
राजनीतिलाई पेसा व्यवसाय बनाउन नहुने भन्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट विकास गराउन जरुरी रहेको उल्लेख गरे । `राजनीतिलाई सत्ता चढ्ने भर्याङ बनाउने होइन, देश निर्माण गर्ने अवसरका रुपमा लिनुपर्छ`, लिङ्देनले भने ।
भ्रष्टाचारमुक्त बनाउने काम सजिलो काम नभएको भन्दै अध्यक्ष लिङ्देनले यसमा सबैको सामूहिक सङ्कल्प आवश्यक रहेको उल्लेख गरे । `यो सजिलो काम होइन, समाज यति भ्रष्ट भइसक्यो कि यसलाई सानोतिनो सङ्कल्पले हटाउन सकिँदैन`, उनले भने, `तर भ्रष्टाचारलाई निर्मूल पारेरै छाड्छौँ ।`
भ्रष्टाचार गर्नेलाई राप्रपामा कुनै स्थान नभएको भन्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार गरेको पाइए राप्रपाका प्रतिनिधिलाई कारबाही गरिने बताए ।
`हाम्रा जनप्रतिनिधिले पनि भ्रष्टाचार गरेको पाइए साधारण सदस्य नरहने कारबाही गर्छौँ, थप कारबाहीका लागि अख्तियारमा सिफारिस गर्छौँ`, उनले भने । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया