मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

जसपालाई समर्थन गर्दै पालुङटारको मेयरबाट पछि हटे कँडेल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) लाई समर्थन गर्दै नेपाली कांग्रेसका दिपकबाबु कँडेलले पालुङटार नगरपालिकाको मेयरमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले आइतबार वक्तव्य जारी गर्दै गठबन्धनबाट जसपाका उम्मेदवारलाई समर्थन गर्दै मेयरमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस पार्टीलाई पालुङटार नगरपालिकाको प्रमुख पदमा मलाई उम्मेदवार बनाएको भएतापनि पछिल्लो समय नेपाली कांग्रेस केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी सम्पूर्ण नगरबासी दाजुभाइ दिदीबहिनीहरु समक्ष पार्टीको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्दछु ।’ उनी निवर्तमान मेयर हुन् ।