चितवनका कांग्रेसीले प्रचण्डलाई भने, ‘हाम्रो सभापति सोझो हुनुहुन्छ, फेरि धोका नदिनुहोला’

भरतपुर – सत्ता गठबन्धनको भरतपुरमा जारी आमसभाका क्रममा चितवन जिल्लाका कांग्रेसका पूर्व सभापति जितनारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई साक्षी राखेर अब कांग्रेसलाई धोका नदिन आग्रह गरेका छन् ।
‘हामी चितवनमा गठबन्धनलाई विजयी गराउँछौं, त्यसमा ढुक्क हुनुहोस्,’ उनले भने, ‘हाम्रो सभापति सोझो हुनुहुन्छ । जे बोल्यो, त्यो गर्नुहुन्छ । अब धोका नदिनुहोला ।’
उनले अघिल्लो संघीय र प्रदेशसभा निर्वाचनमा माओवादीले कांग्रेसँगको गठबन्धन छाडेर एमालेसँग मिलेको संकेत गर्दै उनले त्यस्तो धोखाधडी गर्न नपाइने बताएका हुन् । उनले पदप्राप्ति भैसकेपछि गठबन्धनप्रति विगतमा प्रतिवद्धता नदेखिएकाले आम कार्यकर्ता ढुक्क हुन नसक्ने स्थिति आएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया