आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

भूतपूर्व सैनिक भन्छन्–‘माग पूरा नभए आन्दोलन गर्छौं’

काठमाडौँः संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ, नेपालले अघि आफूहरूले अघि सारेका माग पूरा गर्न आग्रह गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले माग पूरा नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । 

भूतपूर्व सैनिकहरूलाई सरकारले दिँदै आएको सामाजिक सुरक्षा भक्ता बन्द गरिएकोमा दबाबमुलक कार्यक्रम गरिरहेको महासंघले बताएको छ । यस विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको र यसमा सरकार सकारात्मक नदेखिए देशव्यापी आन्दोलन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

संघका अध्यक्ष कर्णेल धनबहादुर मास्के रानाले अघि सारेका माग सरकारले तत्काल सम्बोधन बताए । ‘सरकारले हामीलाई अनागरिक सरह दर्जा दिने कोसिस गर्‍यो भने ठिक हुँदैन्,’ उनले भने, ‘हाम्रा अनुरोधलाई सरकारले सुन्‍नुपर्छ ।’

महासंघका महासचिव सुवेदार कुलबहादुर केसका अनुसार भारतबाट मात्रै भूपूहरूबाट प्रति महिना भारु २० करोडभन्दा बढी र हाल सेवारतबाट भारु ३० करोड रेमिट्यान्स आउने गरेको छ । त्यस्तै, ७ देखि ८ करोड बेलायतबाट आउने उनले जानकारी दिए । ‘हामीले पहिलादेखि नै अवकाश प्राप्त कर्मचारीहरूलाई सामाजिक सुरक्षा भत्ता दिनुपर्ने आवाज उठाउँदै आएका छौँ,’ उनले भने, ‘सरकार यसप्रति गम्भीर हुनुपर्छ ।’