चेल्सी फुटबल क्लबको बिक्री प्रकृया मे महिनामै टुंगिने

काठमाडौँ - चेल्सी फुटबल क्लबले एलए डजर्स बेसबल टोलीका सह-मालिक टोड बोहलीको नेतृत्वमा रहेको कन्सोर्टियमलाई ४.२५ बिलियन पाउण्डमा बिक्री गर्न सहमति भएको जनाएको छ ।
युक्रेनमा रुसले आक्रमण गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्ध रहेको भन्दै चेल्सीका मालिक रोमन अब्रामोभिचको सम्पत्तिमाथि प्रतिवन्ध लगाइनु अघि नै चेल्सीलाई बिक्रीको लागि राखिएको थियो ।
एक विज्ञप्ती अनुसार क्लबमा नयाँ मालिकले क्लबको शेरका लागि २.५ बिलियन पाउण्ड तिर्नेछ । उक्त रकम परोपकारमा दान गर्न बैंक खातामा राखिनेछ ।
कन्सोर्टियमका साझेदारहरु बोहलीसँगै क्लियरल्याक क्यापिटल, मार्क वाल्टर र हान्सजोर्ग वायसले थप १.७५ बिलियन प्रिमियर लिग क्लबमा लगानीका लागि प्रदान गर्नेछन् ।
चेल्सीको बिक्री प्रकृया मे महिनाको अन्त्यसम्म पुरा हुने क्लबले जनाएको छ ।

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

प्रतिक्रिया