प्रचण्डलाई ‘तथास्तु !’ भन्दा सिंह बन्न खोजेपछि ‘पुनः मूषकः भव’ भन्नुपर्यो : ओली
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रसन्न राख्न प्रयास गर्ने, फकाउनेप्रति आफू उदार रहेको बताएका छन् । पत्रकार विजयकुमारको दिशानिर्देश कार्यक्रमलाई दिएको अन्तर्वार्तामा ओलीले आफूमाथि अनुचित दबाब दिएर कसैले केही नपाउने र दबाब दिनेप्रति आफू कठोर रहेको प्रष्ट पारेका छन् ।
ओलीले विगतमा माओवादी केन्द्र एमालेको हैसियत बराबरको पार्टी नभए पनि आफूले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अध्यक्ष बनाइदिएको तर ओरालो लागेको शक्ति भएपनि उनमा सिंह बन्ने चाहना प्रकट हुँदा समस्या भएको भनेका छन् ।
‘उहाँलाई एमालेमा आएर सिंह बन्ने मौका मिल्यो, उहाँ त सकिदैं गएको फोर्स (शक्ति) हो नि !,’ उनले भनेका छन्, ‘मैले उहाँलाई दुई तिहाई कायम गर्ने पार्टीको अध्यक्ष बनाएँ, त्यो त उहाँलाई सम्भव थिएन ।’
आफूले प्रचण्डलाई ‘तथास्तु !’ भनेपनि समस्या सिर्जना गरेपछि ‘पुनः मुषकः भव’ भन्नुपरेको बताए ।
प्रचण्डले माधवकुमार नेपाल, झलनाथ खनालसँग मिलेर आफूलाई पार्टीको साधरण सदस्य समेत नरहने गरी हाँस्यास्पद प्रहसन गर्दै आफैंलाई खान खोजेपछि त्यो दुष्प्रयासले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्र्यास भएको भएको उनले बताएका छन् ।
उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्नुमा कुनै विदेशी शक्तिको हात नभएको भन्दै आफ्नै प्रयासमा एकता गरेको भनेका छन् । चिनियाँ चाहनामा हो कि भन्ने प्रश्नमा उनले यसबारे कुनै विदेशी शक्तिसँग कुरा नभएको दाहोर्याएका छन् ।
सोमबार राती ९ बजे ग्यालेक्सी टीभीमा प्रसारण हुने उक्त अन्तर्वार्ताको विजयकुमारले 'प्रोमो' सार्वजनिक गर्दै बहुप्रतीक्षित अन्तर्वार्ता भनेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया