नान्टेसलाई २२ वर्षपछि फ्रेन्च कपको उपाधि

काठमाडौँ - नान्टेसले २२ वर्षमा पहिलो पटक फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । स्टेड डी फ्रान्समा भएको फाइनल खेलमा नान्टेसले नाइसलाई १-० गोलअन्तरले पराजित गर्दै दुई दशक भन्दा बढी समयपछि पहिलो पटक उपाधि जितेको हो ।
नान्टेसलाई उपाधि दिलाउन एकमात्र निर्णायक गोल लुडोभिक ब्लासले गरे । लुडोभिकले ४७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । नाइसका हिचाम बोडाउईले पेनाल्टी क्षेत्रमा बललाई हातले छोएपछि नान्टेसले पेनाल्टी पाएको थियो ।
नान्टेसले चौंथो पटक फ्रेन्च कपको उपाधि जितेको हो भने सन् २००१ मा फ्रेन्च लिग वानको उपाधि जितेपछि पहिलो पटक मुख्य उपाधि हात पारेको हो ।
त्यतिमात्र नभएर उपाधिसँगै नान्टेसले आगामी सिजनको युरोपा लिगमा स्थान सुरक्षित गरेको छ जुन नान्टेसका लागि २० वर्षमा पहिलो अवसर हो ।

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

प्रतिक्रिया