भदौ ३ लाई तीन फिल्म : ‘प्रेमगन्ज’ र ‘कृष्णलीला’सँगै ‘माइकल अधिकारी’

काठमाडौँ - महामारीका कारण बनेर पनि थन्किएका नेपाली फिल्मले रिलिजका लागि भदौलाई ताक्ने गरेका छन् । भदौको पहिलो हप्तादेखि महिनाभर हरेक हप्ता दुई दुई फिल्म रिलिज हुँदैछन् । तर पहिलो हप्ता भने तीन नेपाली फिल्म एकआपसमा भिड्ने भएका छन् ।
भदौ ३ मा सबैभन्दा पहिले ‘प्रेमगन्ज’ले प्रदर्शन मिति सार्वजनिक गरेको थियो । यही मितिमा ‘कृष्णलीला’ पनि प्रदर्शन हुँदैछ । अब यही मितिमा ‘माइकल अधिकारी’ पनि थपिएको छ ।
रन्जित रौनियारले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । यो फिल्मले सरोगेसीको विषयलाई प्रस्तुत गरेको निर्माताले बताएका छन् । यो फिल्मलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । दुई वर्षअघि कै नयाँ वर्षमा प्रदर्शन तयार भएको फिल्म महामारीका कारण रोकिएको थियो । भदौ १०मा दुई फिल्म रिलिज हुँदैछन् भने भदौ ३१ मा तीन फिल्मले प्रदर्शन मिति घोषणा गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया