फुटबल खेलाडी-प्रशिक्षक विवाद छानविन गर्न कार्यदल गठन

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडी र प्रशिक्षकबीचको विवाद छानविनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । एन्फाले नेपाली सेनाका पूर्व मेजर जेनरल तथा पूर्व फुटबल खेलाडी भिक्टर रानाको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको एन्फाले जनाएको छ ।
एन्फाको आकस्मिक वोर्ड बैठकले कार्यदल गठन गरेको हो । कार्यदलमा पूर्व फुटबल खेलाडी विदुर विष्ट तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा रहेका छन् ।
कार्यदलले समस्याको पहिचान गर्ने तथा सुझावसहित ७ दिनभित्र एन्फालाई प्रतिवेदन बुझाउनुपर्ने छ ।
अहिले नेपाली राष्ट्रिय फुटबल टिम एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेलका लागि बन्द प्रशिक्षणमा रहेको छ ।
तर फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

प्रतिक्रिया