इन्टरलाई पछि पार्दै एसी मिलान शीर्ष स्थानमा

काठमाडौँ- इन्टर मिलानलाई पछि पार्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति मिलानले हेलास भेरोनामाथि ३–१ को पूनरागमन जित निकाल्दै शीर्ष स्थानमा फर्किएको हो । एसी मिलानको जितसँगै सिरी ए को उपाधि यात्रा झनै रोचक बनेको छ ।
मिलानको जितमा सान्द्रो टोनालीले २ तथा एलेसान्द्रो फ्लोरेन्जीले १ गोल गरे । घरेलु टोली भेरोनाका मार्को डेभिड फाराओनीको सान्त्वना गोल गरे ।
जितसँगै मिलानले ३६ खेलबाट ८० अंक जोडेको छ । दोस्रो स्थानको इन्टर मिलानको ७८ अंक छ । पराजित भेरोना ५२ अंक जोडेर नवौं स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया