‘सत्यम्’ अनिश्चित भएपछि राजेश हमालले साइन गरे अर्को फिल्म

काठमाडौंँ - राजेश हमालको कमब्याक फिल्म मानिएको ‘सत्यम्’ बन्ने÷नबन्ने टुंगो नभएपछि राजेश हमालले यो फिल्म छाडेर अर्को फिल्म साइन गरेका छन् । हमालले चुनाव लगत्तै सुटिङ जाने गरी यो फिल्ममा काम गर्ने भएका हुन् ।
निर्माण टिम र राजेश हमालबीच फिल्म गर्ने सम्बन्धमा कागजी सम्झौता भइसकेको र हमालले फिल्ममा राम्रै रकम लिएको हमाल निकट स्रोतले इकागजलाई जानकारी गराएको छ ।
स्रोतका अनुसार ३० दिनको सुटिङ सेड्युल भएको फिल्मलाई लन्डन रिटर्न निर्देशकले निर्देशन गर्न लागेका हुन् । लन्डनमा फिल्म मेकिङ पढेका युवाले निर्देशन गर्ने फिल्म राजेश हमालले गरिआएको भन्दा भिन्न रहने जनाइएको छ ।
‘मास फिल्म भन्दा पनि क्लासको फिल्म हो । आफूसँग भएका १५ बढी स्क्रिप्टबाट उहाँले यो छान्नु भएको हो,’ हमाल निकट स्रोतले भन्यो । राजेश हमालको शीर्ष भूमिका रहेका फिल्मले बक्स अफिसमा खराब प्रर्दशन गरेपछि राजेश हमालले फिचर फिल्मबाट ब्रेक लिएका थिए । उनले अभिनय गरेका ‘शकुन्तला’ तथा ‘बागमती’ बक्स अफिसमा असाध्यै कमजोर मानिएका थिए ।
यसैबीच हमाल निकट स्रोतले ‘सत्यम्’को पनि सुटिङको तयारी भइरहेको जनाएको छ । स्रोतले कास्ट एन्ड क्रुमा केही हेरफेरसहित फिल्मको सुटिङ हुने जानकारी गरायो निर्माण टिमले सुटिङ अगाडि नै यसको शीर्ष गीत सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया