प्रभास र दीपिकाको फिल्ममा दिशा पटानी

मुम्बई - प्रभास र दीपिका पादुकोनको नयाँ फिल्ममा दिशा पटानी पनि अनुबन्ध भएकी छिन् । नाग अश्विनको निर्देशन रहने ‘प्रोजेक्ट के’मा प्रभास र दीपिकासँगै निर्माण टिमले दिशा पटानीलाई पनि फाइनल गरेको हो ।
भारतमा अहिलेसम्मकै महंगो बजेटमा बन्न लागेको सिनेमामा अमिताभ बच्चन पनि रहेनेछन् । आइतबार दिशाले निर्माताले दिएको बुके र कार्ड इन्स्टामा राख्दै आफू फिल्ममा आबद्ध भएको जानकारी गराएकी थिइन् । टाइगर श्राफसँग अफेयरमा रहेको भनिएकी दिशाको यो साल ‘एक भिलेन रिटन्र्स’ र ‘योद्धा’ जस्ता फिल्म रिलिज हुँदैछन् ।
साइफाई विधाको यो फिल्म बन्नलाई लामो समय लाग्ने बताइएको छ । निर्देशकले प्रत्येक महिना जम्मा ८–१० दिन सुटिङ गर्दै रोक्दै अनि फेरि सुटिङ गर्दै यो फिल्मको काम अगाडि बढाइरहेका छन् । हरेक चोटि फरक सेटमा काम गर्नु पर्ने भएकाले ढिला भएको बलिउडका अनलाइनमा समाचार छ ।
प्रभासको भर्खरै रिलिज भएको ‘राधेश्याम’ बक्स अफिसमा असफल भएको थियो भने दीपिकाको अमेजन प्राइममा रिलिज भएको ‘गहराइयाँ’ पनि ठीकठाक मात्र भएको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया