च्याम्पियन्स लिगको पीडा भुलाउँदै सिटी

काठमाडौँ- च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजय भोगेको म्यानचेस्टर सिटीले इंग्लीस प्रिमियर लिग फुटबलमा भने न्यूकासललाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा सिटीले न्यूकासललाई ५-० ले पराजित गर्यो ।
जितसँगै शीर्षस्थानमा रहेको सिटीले दोस्रो स्थानको लिभरपुलसँगको दूरी ३ अंकमा पुर्याएको छ । सिटीले ३५ खेलबाट ८६ अंक जोड्दा लिभरपुलको भने ३५ खेलमै ८३ अंक रहेको छ । लिभरपुलले पछिल्लो खेलमा टोटनहमसँग बराबरी खेलेपछि सिटीले त्यसको फाइदा लिन सफल भएको हो ।
च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियर म्याड्रिडसँग भोगेको पराजयपछि न्यूकासलमाथिको शानदार जितले सिटीलाई केही राहत मिलेको छ । सिटीको जितमा रहिम स्टेरिलङले दुई गोल गर्दा अयमेरिक लापोर्ते, रोड्री र फिल फोडेनले एक-एक गोल गरे ।
न्युकासलसँगको खेल अघि सिटीमाथि कैयौ प्रश्नहरु उठेका थिए तर खेलको नतिजाले भने सबै प्रश्नहरुको उत्तर दिन सफल भएको छ ।

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

प्रतिक्रिया