महेशबाबु भन्छन् –हिन्दी फिल्म खेलेर म किन समय बर्बाद गरुँ ?

मुम्बई - तेलगु फिल्मका अभिनेता महेशबाबुले आफूलाई हिन्दी फिल्म खेल्ने अफर प्रशस्त आउने गरेको भए पनि आफू दक्षिण भारतीय फिल्म छाडेर कतै पनि नजाने बताएका छन् । सोमबार एउटा फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनलाई बलिउड फिल्म किन नगरेको भन्ने प्रश्नमा उनले बलिउड फिल्मले आफूलाई धान्नै नसक्ने बताएका छन् ।
‘मैले हिन्दीबाट टन्नै अफर पाउने गरेको छु । तर मलाई लाग्दैन कि उनीहरूले मलाई धान्न सक्छन् । जुन उद्योगले मलाई धान्न सक्दैन त्यहाँ समय बर्बाद गर्नुको कुनै अर्थ छैन,’ उनले भनेका छन्, ‘यहाँ दक्षिणमा मेरो स्टारडम र सम्मान धेरै ठूलो छ । मैले यो उद्योग छाडेर अन्त कतैको उद्योग जाने सोचेको पनि छैन । मैले सधैँ यहाँ राम्रा फिल्म गर्ने सोचेको थिएँ र त्यो यहीँ भइरहेको छ । म यहीँ खुसी छु ।’
उनले ओटिटी प्लेटफर्ममा डेब्यू गर्ने प्रश्नमा पनि आफू ठूलो पर्दाका लागि बनेकाले ठूलो पर्दामा नै काम गरिरहने र ओटीटीमा काम गर्ने सम्बन्धमा नसोचेको बताएका थिए । महेशबाबुको अभिनय रहेको ‘एसभीपी’ आउँदो शुक्रबार रिलिज हुँदैछ । उनले आउँदो फिल्म भने एसएस राजामौलीसँग गर्दैछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया