शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

बलिउड फिल्म 'द काश्मिर फाइल्स' सिंगापुरमा प्रतिबन्ध

मुम्बई- गत मार्चमा रिलिज भएको विवादास्पद हिन्दी चलचित्र ‘द काश्मिर फाइल्स ९२०२२०’, सिंगापुरमा प्रतिबन्ध लगाइएको छ । सिंगापुरले एउटा समुदायलाई जानाजान गलत देखाइएको भन्दै विवेक अग्निहोत्री निर्देशित यो चलचित्रलाई प्रदर्शनको अनुमति दिन नसकिने बताएको हो ।

सिंगापुरको चलचित्र दिशानिर्देश वर्गीकरण अनुसार, जातीय तथा धार्मिक समुदायमा अपमानजनक लाग्ने कुनै पनि सामाग्री भित्र्याउन वा बेच्न पाइने छैन। सिंगापुरमा चलचित्र वर्गिकरण गर्ने ‘द इन्फोकम मिडिया डेभेलपमेन्ट अथोरिटी’का अनुसार सो चलचित्र सिंगापुरको वर्गिकरण दिशानिर्देशभन्दा बाहिर रहेको र चलचित्रमा देखाइएका दृष्यहरुले त्यहाँका बहुधार्मिक र बहुजातीय समुदायमा सामाजिक एकता खल्बलिन सक्ने र धार्मिक सदभाव पनि बिथोल्न सक्ने भन्दै सिंगापुरमा सो चलचित्र प्रतिबन्ध लगाइएको हो।

विवेक अग्निहोत्री निर्देशित यस चलचित्रमा पल्लभी जोशी, अनुपम खेर, मिथुन लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मले काश्मिरमा बसोबास गर्ने हिन्दूलाई मुसलमानले जानाजान दंगा गरेर ठाउँ छाड्न बाध्य बनाएको कथा प्रस्तुत गरेको छ । यो फिल्मलाई विरोधीले भने भारतीय जनता पार्टीको एजेन्डा प्रस्तुत गर्ने फिल्मको रुपमा चित्रित गर्ने गरेका छन् ।