'दलहरू विगतका निर्वाचनभन्दा यसपालि संयमित'

काठमाडौं - पाएको आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)ले चुनावी प्रचार–प्रसारमा राजनीतिक दलहरूका कार्यकर्ता कम आक्रामक हुँदै गएका कारण स्वस्थ प्रतिस्पर्धा देखिएको र मतदाताहरूले पनि सुरक्षा महसूस गरेको जनाएको छ ।
जियोकका अनुसार, पर्यवेक्षणका क्रममा राजनीतिक दलका कार्यकर्ताहरूबीच आपसमा खासै तिक्तता, द्वेष र घृणाको अवस्था पाइएन । उनीहरू प्रचार–प्रसारका क्रममा विगतका निर्वाचनहरूमा भन्दा संयमित भएको देखिन्छ । बरु उम्मेदवारी छनौटमा असन्तुष्टिका कारण उम्मेदवारी दर्ताका दिन दलभित्रै केही ठाउँमा झडपहरू भएका छन् ।
जियोकको पर्यवेक्षण टोलीले स्थानीय तहको निर्वाचन, २०७९ का लागि ३० जिल्लाका २ सय पालिकामा गरी जम्मा ४ सय प्रतिनिधिमार्फत पर्यवेक्षण गरिरहेका छन् । ‘उम्मेदवारी दर्तादेखि मौन अवधि शुरु हुनु अघिल्लो दिनसम्म एकाध ठाउँमा बाहेक दल तथा उम्मेदवारहरू शान्तिपूर्ण प्रचार–प्रसारमै खटेको पाइएको छ’ जियोजक मंगलबार पत्रकार सम्मेलन गर्दै भनेको छ, ‘बरु राजनीतिक दलका केन्द्रीयस्तरका नेताहरू भने ठाउँ–ठाउँमा भाषण गरी कार्यकर्ताहरूलाई उत्तेजित गर्ने प्रयत्न गरिरहेको पाइएको छ ।’
जियोकका महासचिव कृृष्णमान प्रधानका अनुसार, निर्वाचन आचार–संहिता पालनामा राजनीतिक दल तथा सरोकारवालाहरू सचेत भए तापनि उम्मेदवारी दर्ताका दिन उम्मेदवारहरूबाट शक्ति प्रदर्शन गर्ने ध्येयले बाजा–गाजा, ठूला ब्यानर, झण्डासहित निर्वाचन कार्यालयमा उपस्थित भएको पाइएको छ । निर्वाचन प्रचार–प्रसारमा विगतमा जस्तो तुल, ब्यानर आदिमा कमी आए पनि भोट माग्न जाँदा दलीय गीत गाउने र त्यसका लागि लाउडस्पीकरको चर्काे साउण्ड सिस्टमको प्रयोगका कारण मतदाता असन्तुष्ट भएको पर्यवेक्षणबाट देखिएको छ । पोखरा लगायत कतिपय ठाउँमा प्रशासनद्वारा लाउडस्पीकरण जफ्त समेत गर्नुपरेको दृष्टान्तहरू फेला परेका छन् ।
पर्यवेक्षणमा आयोगको आचार–संहिताका कारण दलीय झण्डा तथा चुनाव अंकित तोरणहरू झुण्ड्याएको पाइएन । बरु उम्मेदवारका कार्यकर्ताहरूले कहीँ कतै आँखा छल्दै राति पम्पलेट टाँस्ने र प्रशासनले दिउँसो त्यस्ता पम्पलेट हटाउने क्रम भने चलेको पाइएको छ ।
सुरक्षा प्रत्याभूति तुलनात्मकरुपमा बलियो रहेको पर्यवेक्षणबाट देखापरेको छ । पर्यवेक्षणका क्रममा सुरक्षा निकायहरूबीच राम्रो समन्वय भएको, तराई क्षेत्रमा १५ मिनेटदेखि ३० मिनेटभित्र जुन सुकै निर्वाचन क्षेत्रमा प्रहरी/सेना पुग्न सक्ने गरी तयारी अवस्थामा रहेको र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी चारै वटा सुरक्षा निकाय, मोबाइल गस्ती, स्ट्राइकिङ फोर्स, रिर्जभ्ड फोर्स तथा र्यापिड रेस्क्यु टिम परिचालन गर्ने योजना देखिन्छ ।
यसपटक मतदान मात्र नभई मतगणनासमेत सुरक्षित गर्न निर्वाचन आयोगद्वारा तार–जालीका निम्ति सिंचाई विभागसँग समन्वय गर्दै आएको पाइएको छ । कतिपय ठाउँमा मतगणना स्थलमा सीसी क्यामेरा जडान भएका छन् । मतगणना कार्यलाई सुरक्षित तुल्याउन सुरक्षा निकायले गरेको विशेष तयारी प्रशंसनीय रहेको पर्यवेक्षण टोलीले महसुस गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया