महामन्त्रीद्वय थापा र शर्माद्वारा कांग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल

काठमाडौँ - नेपाली कांग्रेसका महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् ।
उनीहरुले आज संयुक्त भिडियो अपिल जारी गर्दै रुख चिन्हमा आउने प्रत्येक मतको सदुपयोग गर्ने सम्पूर्ण मतदातालाई विश्वास दिलाएका छन् । उनीहरुले रुखमा मतदान गरे भनेर पश्चाताप गर्ने अवस्था कसैलाई पनि आउन नदिने दृढ प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
महामन्त्री थापाले लाखौँ मतदाताले पहिलो पटक मतदान गर्न लागेको अवस्थामा त्यो मतदान गर्ने अधिकार त्यतिकै नआएको र त्यो अधिकारका लागि कुनै बेला थुपै्र तन्नेरीले चार तारे झण्डा बोकेर लडेको बारेमा सोच्न आग्रह गरेका छन् ।
अर्का महामन्त्री शर्माले आफूहरुको संविधानलाई बलियो बनाउने र समाजलाई बदल्ने महान यात्रामा सबैलाई स्वागत गर्दै समुन्नतिका लागि सँगसँगै अघि बढ्नका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ । साथै उहाँले कस्तो समाज र राजनीति चाहने भन्ने सम्बन्धमा मत दिनुअघि मनलाई सोध्नसमेत आग्रह गरेका छन् । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया