शासकलाई नभइ सेवकलाई छानेर भोट हाल्न प्रकाशमानको आग्रह

काठमाडौँ - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शासकलाई नभइ सेवकलाई छानेर भोट हाल्न आग्रह गरेका छन् ।
शुक्रबार क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गर्दै सेवकलाई छानेर भोट हाल्न मतदाताहरुसँग आग्रह गरेका हुन् । नेता सिंहले अब आउने नयाँ नेतृत्वले काठमाडौंका हरेक समस्यालाई समाधान गर्नुपर्ने चुनौती रहेकोले मतदाताहरुले रोजेर आफूलाई योग्य लागेका व्यक्तिलाई मत दिएर जिताउनेछन् भन्नेमा आफू विश्वस्त रहेको बताए ।
नेता सिंहले भने, ‘शासकभन्दा सेवकलाई छानेर भोट गर्नुहुनेछ भन्ने विश्वास छ । काठमाडौं महानगरपालिकाको समस्यालाई सम्बोधन गर्नको लागि नयाँ टिमले काम गर्नेछ । राजनीतिक स्थिरता कुन पार्टीलाई दिँदा हुन्छ भन्ने हिसावले भोट हाल्न मतदातालाई आग्रह गर्दछु ।’
सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह उम्मेदवार छिन् । स्थानीय तहको निर्वाचन आज देशभर ७५० वटा स्थानीय तहमा भइरहेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया