क्यामराको लेन्सबाट बर्दियाको सिमसार नियाल्दा
पर्यटकको रोजाईमा सतखलुवा ताल, होमस्टे र डुंगा

बर्दिया : जीवन हाँसो र आँशुको सम्मीश्रण हो । हाँसो र आँशुको सम्मीश्रणबाट ताल बनेको किंवदन्ती अनुसार बर्दियाको सतखलुवा ताल यतिबेला पर्यटकको रोजाईमा पर्न थालेको छ । होमस्टेमा थारु समूदायले बनाएका परिकार खाँदै तालमा डुंगा सयर गर्न पाइने भएपछि सतखलुवामा पर्यटकको संख्या बढ्न थालेको हो ।
तालमा डुंगा चढेर ताल परिक्रमा गर्नेको संख्या बढ्दै गएको छ । सतखलुवा ताल संरक्षण समितिका अध्यक्ष सुरेश आचार्यका अनुसार दैनिक डेढ सयदेखि पाँच सय जनासम्म ताल घुम्नका लागि आउने गरेका छन् ।
यसरी आउने स्कुले विद्यार्थी पनि छन् । बर्दिया राष्ट्रिय निकुञ्ज परिसरमा पर्ने सतखलुवामा डुंगा चढ्न पाइन्छ भने नजिकै ताल परिक्रमा गर्ने क्रममा हरिण, मृग, बँदेल, जरायो लगायतका जंगली जनावर पनि हेर्न पाइन्छ ।
कहिलेकाँह बाघ समेत देख्न पाइन्छ । तर विरलै मात्रामा । कहिलेकाँही पानी खान आएका बेला बाघ देखिने गरेको ताल संरक्षण्मा खटिएका कर्मचारी सोमप्रसाद चौधरी बताउँछन् । ‘ताल घुम्न आउनेले कहिलेकाँही बाघ पनि देख्छन्’ उनी भन्छन्, ‘बाघ देखिने कहिलेकाँही मात्र हो । अरु जनावर प्राय सधै देखिन्छन् ।’
स्थानीयका अनुसार सत्य युगमा नाग र नागिनीको रोदनबाट ताल बनेको विश्वास छ । जंगलको एक रुखमा बस्ने सर्प अर्थात नागका बच्चा गिद्धले खाएपछि नाग र नागिनीले विरहमा आँशु बगाएका थिए । नाग र नागिनीको रोदनबाट ताल बनेको विश्वास छ । पछि ताल हेर्न गएका युवायुवती पनि तालमा डुबेर मरेका बताइन्छ ।
तालमा डुबेर आफ्ना छोराछोरी मरेपछि आमाबुवाले धेरै आँशु बगाएका थिए । तर सत्ययुगमा भगवानप्रति अति विश्वास र प्रार्थना गर्दा तालमा डुबेका छोराछोरी सकुशल फर्काएको स्थानीय दाबी गर्छन् ।
सुरुमा दुःखका आँशु र पछि आफ्ना छोराछोरी सकुशल फर्किएका कारण हर्षका आँशुले गर्दा ताल झन ठूलो बनेको विश्वास छ । त्यतिबेला सात वटा ताल रहेका कारण नाम सतखलुवा ताल रहेको विश्वास थारु समूदायमा छ ।
खोला, खोल्सा वा ताललाई थारु भाषामा खलुवा भनिन्छ । यही किंवदन्ती अनुसार हिजोआज थारु समुदाय तालको संरक्षण गर्दै होमस्टे समेत बनाएर पर्यटक तान्न लागिपरेका छन् ।
सतखलुवा सामूदायिक थारु होमस्टे अन्तर्गत अहिले १२ वटा होमस्टे सञ्चालन भइरहेका छन् । त्यसमध्ये आठ वटा सञ्चालनमा छन् । अरु सञ्चालन हुने क्रममा छन् ।
होमस्टेमा थारु समूदायले बनाएका दाल, भात, तरकारीदेखि सिन्की, गंगटा, घोगी लगायतका परिकार खान पाइन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटक प्राय अहिले सतखलुवा ताल पुगेर डुंगा चढ्नुका साथै होमस्टेमा खाना खाएर बास बस्ने गरेका छन् ।

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_sX5RxNiyg6_s6hdlw83gf2cpiztew4iixemukubgfzipxdwhv5pknbdxf8iytwvbouin98z.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

प्रतिक्रिया