स्थानीय तह निर्वाचन : कैलालीमा रेशम चौधरीकाे पार्टीकाे कस्ताे छ अवस्था ?

काठमाडाैँ – जेल जीवन बिताइरहेका प्रतिनिधिसभाका सांसद रेशम चौधरीको पार्टीले कैलालीको टीकापुर नगरपालिकामा अग्रता कायमै राखेको छ ।
टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेको हाे ।
शनिवार साँझ ६ बजेसम्मको मतगणनाअनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु दोब्बर बढी मतले अगाडि छन् ।
नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार डगौरा थारुले ५८८ र उपमेयर पदका उम्मेदवार उल्कादेवी विकले ५०१ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा नेकपा एमाले छ । एमालेबाट मेयर पदका उम्मेदवार श्याम खत्रीले २६७ मत र उपमेयर उपमा केसीले १९० मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेको गठबन्धन रहेकाे छ । गठबन्धनतर्फबाट कांग्रेसका मेयर पदका उम्मेदवार नवराज रावलले २१९ मत र गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार खडक शाहले २१३ मत प्राप्त गरेका छन् ।
कैलालीका १३ वटै स्थानीय तहमा उक्त पार्टीबाट उम्मेदवारी परेकाे हाे। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा उक्त नागरिक उन्मुक्ति पार्टी दर्ता भएको हाे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया