हेटौंडामा कडा प्रतिस्पर्धा, १ मतले अग्रता

मकवानपुर- हेटौंडा उपमहानगरपालिकामा मेयरको ३ उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । अनन्त पौडेल र मिना लामा आलोपालो अघिपछि रहेकामा अहिले पौडेल तेस्रोमा देखिएका छन् ।
यसअघि पहिलो भएका राप्रपाका दिपकबहादुर सिंह दोस्रोमा झरेका छन् भने लामा पहिलोमा उक्लिएकी छिन् । पौडेल अहिले ४०२ मत अन्तरले तेस्रोमा झरेका छन् ।
गठबन्धनको तर्फबट मेयरको उम्मेदवार बनेकी हेटौंडामहानगरपालिकाकी मीनाकुमारी लामाले एक मतले अग्रता लिएकी छिन् । पछिल्लो पटक अगाडि बढेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई एक मतले उछिन्दै उनले अग्रता लिएकी हुन् ।
हेटौंडा ११ हजार ६७३ मतगणनाको मतपरिणाममा लामाले ३ हजार ४५६ मत पाएकी छन् । सिंहले ३ हजार ४५५ र पौडेलले ३ हजार ५५ मत पाएका छन् ।
उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँले ५ हजार १०३ मत पाएका छन् भने एमालेको उम्मेदवार सुमित्रा काफ्लेले ३ हजार ९५६ मत पाएकी छिन् ।

तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

खहरे पुलमा सवारी दुर्घटना : ७ जनाको मृत्यु, १८ घाइते

बिपी राजमार्गमा आजदेखि राति यातायात सञ्चालन रोक

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत

प्रतिक्रिया