कांग्रेसलाई हराउँदै आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी उम्मेदवार विजयी

डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार शेरसिंह पार्की निर्वाचित भएका छन् । कांग्रेसका बलबहादुर गुरुङलाई हराउँदै अध्यक्षमा पार्की निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित पार्कीले २३ सय ८९ मत ल्याए । उनका प्रतिद्वन्द्वी गुरुङले २२ सय २४ मत पाए । पार्कीले गुरुङलाई १ सय ६५ मत बढी ल्याएर हराएका हुन् ।
त्यस्तै उपाध्यक्षमा माओवादीकै मैनाकुमारी रावल बोहरा निर्वाचित भएका छन् । कांग्रेसकै जलाकुमारी विष्ट (बोगटी)लाई हराउँदै मैना उपाध्यक्षमा विजयी हुन् । उपाध्यक्षमा विजयी रावलले २६ सय २ मत प्राप्त गरिन् । कांग्रेसकी बोगटीले २२ सय ४१ मत ल्याइन् । यी दुईबीचको मतान्तर ३ सय ६१ रह्यो ।

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

प्रतिक्रिया